Main News

मधेस प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा

२०७९ भदौ १८ गते १४:४७
मधेस प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा

१८ भदौ २०७९ जनकपुरधाम । मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री लालबाबु राउतलाई उहाँले आज आफ्नो राजीनामा पत्र बुझाउनुभएको हो ।

निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले पदबाट राजीनामा दिइएको र जनता समाजवादी पार्टीमा प्रवेश गर्न लागेको मुख्य न्यायाधिवक्ता झाले बताउनुभयो ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहनुभएका झालाई आजै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेश गराउने कार्यक्रम रहेको जनाइएको छ ।

मधेस प्रदेश सरकार गठन भएदेखि प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको पदमा उहाँ कार्यरत रहँदै आउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *