Main News

भारतमा भएको बस दुर्घटनामा चार नेपालीको मृत्यु, २० जना घाइते

हिमालय टिभी
२०७९ भदौ १८ गते १३:३४
भारतमा भएको बस दुर्घटनामा चार नेपालीको मृत्यु, २० जना घाइते

१८ भदौ २०७९ काठमाडौं । भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु हुनाका साथै १४ जना घाइते भएका छन् ।

नेपालगञ्ज सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपि३२पिटी ३९४४ नंको यात्रुवाहक बसलाई तीव्रगति आएको ट्रकले ठक्कर दिँदा सो घटना भएको हो ।

भारतीय प्रहरीका अनुसार डवलडेकरको बस बारबङ्की नजिकै टायर पञ्चर भएपछि परिवर्तन गर्न लाग्दा तीव्रगतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । सो घटनामा परी बाँके राप्तीसोनारी गाउँपालिका बिनौना गाउँका प्रेम थारू, शीतल थारू, दाङ बेलतापुरका चक्रबहादुर वलीको मृत्यु भएको र एक मृतकको सनाखत हुनसकेको छैन ।

उक्त दुर्घटनामा परेका बाँके बैजापुरका ५० वर्षीय रावत, ४० वर्षीय अमरबहादुर, बारबर्दियाकी ३५ वर्षीया रीताकुमारी थारू, दाङका २८ वर्षीय कृष्ण, रुकुमका ४० वर्षीय कालीबहादुर र तनहुँका ४० वर्षीय हरिशरणको अवस्था जटिल रहेकाले उनीहरूलाई लखनउस्थित ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ ।

सल्यान घुइयाबारीका २९ वर्षीय बहादुर राना, पद्मा राना, बाँके बिनौनाका १७ वर्षीय मनोज, मनमती कौर, १९ वर्षीय सुनील थारू, १६ वर्षीय विजय थारू, १८ वर्षीय हरि योगी र सन्तोष पनि घाइते भएकाले उनीहरुलाई बाराबङ्कीस्थित जिल्ला अस्पतालमा उपचार गराइरहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *