Main News

उदयपुरमा एकै घरका ३ जनाको हत्या, शव खेलामा भेटियो

हिमालय टिभी
२०७९ भदौ १७ गते २१:३४
उदयपुरमा एकै घरका ३ जनाको हत्या, शव खेलामा भेटियो

१७ भदौ २०७९ उदयपुर । उदयपुरको बेलका नगरपालिका–७ मैनामेनी तिलुङटारको ३७ वर्षीय राजकुमार बस्नेत ,उनका ३३ वर्षीया श्रीमती सरिता र उनीहरुका १२ वर्षीय छोरा सुजनको धारिलो हतियार प्रहारबाट हत्या भएको छ ।

वाबिङ खोलामा हत्या गरेर फालिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्याको आशंकामा मृतकका आफन्त ४० वर्षीय नरबहादुर बस्नेतलाई प्रहरीले बेलका नगरपालिकाको ६ बरबोटेबाट साँझ प्रहरीले पक्राउ गरेको छ । हत्या आरोपीमाथि अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता डिएसपी पोेदारले जानकारी दिनुभयो ।

बस्नेत परिवारको ३ जनाको हत्या बिहान ११ बजे भएको र प्रहरीलाई ३ बजे दिउँसो सुचना आएलगत्तै जिल्लाका सबै नाकामा कडा निगारानी बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *