Main News
एमाले प्रवेश गर्न लागेको आशंकामा मन्त्री बर्खास्त
२०७९ भदौ १५ गते १५:३९
१५ भदौ २०७९ धनगढी । सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी बर्खास्त हुनु भएको छ ।
नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेको उहाँका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिनुभयो ।
चौधरी नेकपा एमालेमा प्रवेश गर्ने सूचना पाएपछि सरकारबाट हटाइएको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुरको महेन्द्रनगर जानु भएको छ ।
उहाँले एकीकृत समाजवादीका नेता तारा लामा तामाङलगायतका नेताहरुलाई पार्टी प्रवेश गराउँदै हुनुहुन्छ । त्यस क्रममा चौधरी पनि पार्टी प्रवेश गर्ने सूचना पाएको सुदूरपश्चिमका सत्तारुढ दलका नेताहरुले बताएका छन् ।
प्रतिक्रिया