Main News

घोडाघोडी नगरपालिकाका प्रमुख-उपप्रमुखमाथि यस्तो आरोप (भिडियो रिपोर्टसहित)

२०७९ भदौ १४ गते १८:२१
घोडाघोडी नगरपालिकाका प्रमुख-उपप्रमुखमाथि यस्तो आरोप (भिडियो रिपोर्टसहित)

१४ भदौ २०७९ कैलाली । स्थानीय तहमा पठाइएका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्ने निकाय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हो । तर, कैलालीको घोडाघोडी नगरपालिकाका नगरप्रमुख-उपप्रमुख नै प्रमुख प्रशासकीय अधिकृत सरुवा गराउन उद्दत रहेको आरोप लागेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा संघीय मामिला तथा प्रशासन मन्त्रलायले प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्ने व्यवस्था छ ।

तर, सोमबार कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेख्दै आफूलाई सरुवा गराउन खोजेको जानकारी दिनुभयो ।

उहाँले स्ट्याटसमा लेख्नुभएको छ । ‘‘नेपाली कांग्रेस र नेकपा समाजवादीका साथीहरु विगत १ महिनादेखि लगातार मेरो सरुवा गर्न विभिन्न राजनीतिक शक्ति केन्द्रमा धाइरहनु भएको छ’ । तपाईंहरू थाक्नुभएकै हो भने म मार्ग प्रशस्त गर्न तयार छु है ।’

आचार्यको यो स्ट्याटसले के प्रमुख प्रशासकीय अधिकृत सरुवा नगरपालिकाले गर्न मिल्छ भन्ने प्रश्न उब्जिएको छ । तर, आचार्य भने यो विषयमा सञ्चारमाध्यमलाई चासो राख्न जरुरी नरहेको भन्दै तर्किनुभयो ।

यता, नगरप्रमुख खडक रावतले आफू नगर प्रमुखमा निर्वाचित भएपछि कुनै कर्मचारी हटाउने वा सरुवा गर्ने काममा नलागेको बताउनुहुन्छ । स्ट्याटसको आधारमा कसैलाई प्रश्न उठाउनु गलत भएको भन्दै उहाँले जनप्रतिनिधि र कर्मचारीमा विश्वासको वातावरण हुनुपर्ने उहाँको तर्क छ ।

यद्यपि रावतले पनि अधिकृतको स्ट्याटसमा कमेन्ट गर्दै ‘समाजवादीको को सचिव रहेछ त ?’ भन्ने प्रश्न गर्नुभएको छ । जबकी रावत नै नेकपा एकीकृत समाजवादीको जिल्ला सचिव हुनुहुन्छ । यसले पनि भित्र अर्कै खिचडी पाकिरहेको प्रष्ट छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *