Main News

अवहेलना मुद्दामा सर्वोच्चले माग्यो मेयर बालेन्द्र शाहसँग जवाफ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ १३ गते १६:३७
अवहेलना मुद्दामा सर्वोच्चले माग्यो मेयर बालेन्द्र शाहसँग जवाफ (भिडियो रिपोर्टसहित)

१३ भदौ २०७९ काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई अवहेलना मुद्दामा ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन शाहलाई आदेश दिएको हो ।

नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको अन्तरकालीन आदेशको विरुद्धमा अभिव्यक्ति दिएपछि अधिवक्ता दीपकराज जोशीले शाहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्नुभएको थियो ।

सर्वोच्चले नर्भिकको संरचना नभत्काउन अन्तरकालीन आदेश दिएपछि शाहले ‘अब नक्सा पासको कामपनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी प्रतिक्रिया दिनुभएको थियो ।

प्रतिक्रिया

One thought on “अवहेलना मुद्दामा सर्वोच्चले माग्यो मेयर बालेन्द्र शाहसँग जवाफ (भिडियो रिपोर्टसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *