खेलकूद

ला लिगा फुटबलमा रियल मड्रिडको लगातार तेस्रो जित

हिमालय टिभी
२०७९ भदौ १३ गते ८:१८
ला लिगा फुटबलमा रियल मड्रिडको लगातार तेस्रो जित

१३ भदौ २०७९ काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लगातार तेस्रो जित निकालेको छ ।

साविक विजेता समेत रहेको रियलले स्पानुएललाई ३–१ ले पराजित गरेको हो । अवे मैदानमा रियलले १२औं मिनेटमा भिनिकस जुनियरको गोलसँगै अग्रता बनाएको थियो । तर ४३औं मिनेटमा स्पायुनएलका जोसेसुले गोल गर्दै खेल १–१ को बराबरी गरे ।

त्यसपछि करिम बेञ्जिमाले ८८औं र इञ्जुरी समयमा गोल थपेपछि रियल ३१ ले विजयी भयो । इञ्जुरी समयमा स्पानुएल दश खेलाडीमा सिमित भएको थियो ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको रियलले ३ खेलबाट ९ अंक जोडेको छ । समान खेलबाट १ अंक जोडेको स्पायुनएल १६औं स्थानमा छ ।

ला लिगाकै अर्को खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ४–० ले हरायो । घरेलु मैदान क्याम्प नाउमा बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा पेड्री गोञ्जालेज र सर्जी रोबर्टोले एक(एक गोल गरे ।

३ खेलबाट ७ अंक जोड्दै बार्सिलोनाले तेस्रो स्थानमा पुगेको छ । भिल्लारियाल र गेटाफे गोलरहित बराबरीमा रोकिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्