Main News

राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

हिमालय टिभी
२०७९ भदौ १२ गते ८:०३
राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

१२ भदौ २०७९ काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयकहरू पेश हुने सम्भावित कार्यसूची छ ।

बैठकको सुरुमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा प्राप्त पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ ।

त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराइने छ ।

यस्तै, प्रतिनिधिसभामा उत्पत्ति भई सो सभाबाट पारित भएका ‘बिमा विधेयक, २०७५ु, ुपशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ु, ुसार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ु सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देशहरू र राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाइएको ुसहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ु लाई प्रतिनिधिसभाले संशोधनसहित फिर्ता पठाएको सन्देश सभासमक्ष टेबुल गर्नेलगायत सम्भावित कार्यसूची छ ।

यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेधिक विश्वविद्यालय विधेयक २०७९ माथि प्रतिनिधि सभामा संशोधन भएको उपर विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *