Main News

सिन्धुपाल्चोकको धाप आसपास भारी वर्षा, सकर्तता अपनाउन सुझाव

हिमालय टिभी
२०७९ भदौ १२ गते ७:५७
सिन्धुपाल्चोकको धाप आसपास भारी वर्षा, सकर्तता अपनाउन सुझाव

१२ भदौ २०७९ काठमाडौं । सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा भारी वर्षा भएपछि सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आह्वान गरेको छ ।

सो क्षेत्रमा पछिल्लो ७ घण्टामा भारी वर्षा मापन गरिएकाले आसपासका साना नदीहरूमा आकस्मिक बहाव हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदीतटीय क्षेत्र तथा पहिरो जान सक्ने भिरालो जमिन भएका स्थानहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *