राजनीति

सत्ता लिप्सामा माओवादी, कर्णालीका सबै सांसद बने मन्त्री (भिडियो रिपोर्टसहित)

२०७९ भदौ ११ गते २१:२५
सत्ता लिप्सामा माओवादी, कर्णालीका सबै सांसद बने मन्त्री (भिडियो रिपोर्टसहित)

११ भदौ २०७९ सुर्खेत । माओवादी केन्द्र कतिसम्म सत्ता लिप्सामा रमाउँछ भन्ने ज्वलन्त उदाहरण कर्णाली प्रदेशमा देखिएको छ । ११ प्रदेश सभा सदस्यमध्ये अधिकांश उच्च पदमा छन् । तर, त्यतिले पनि नपुगेर अन्ततः अन्य दुई सांसदलाई पनि मन्त्री बनाउँदा पाँच वर्षमा माओवादीका सबै प्रदेश सांसद कर्णालीका मन्त्री बन्ने भएका छन् ।

शुक्रबार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले दुई जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलायो । अर्थमन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहको ठाउँमा कृष्णा शाह र रातो कामीको नाम पठाइयो । सिफारिस भएका दुवै जनालाई आइतबार मन्त्री नियुक्त गरिँदैछ । योसँगै कर्णाली प्रदेशमा माओवादीका सबै सांसद पाँच वर्षको अन्तरालमा मन्त्री बनेका छन् ।

को–को बने मन्त्री ?
विमला केसी – भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री
नरेश भण्डारी – आन्तरिक मामिला तथा कानूनमन्त्री
सीता नेपाली – आन्तरिक मामिला तथा कानूनमन्त्री
गोपाल शर्मा – आर्थिक मामिला तथा योजनामन्त्री
विन्दमान विष्ट – आर्थिक मामिला तथा योजनामन्त्री
गणेशप्रसाद सिंह – जलस्रोत तथा ऊर्जा विकासमन्त्री
वीरबहादुर शाही – उद्योग पर्यटन वन तथा वातावरणमन्त्री
कृष्णा शाह – आर्थिक मामिला तथा कानूनमन्त्री (नियुक्त हुँदै)
रातो कामी – जलस्रोत तथा ऊर्जा विकासमन्त्री (नियुक्त हुँदै)
छिरिङ् डम्डुल लामा ‘कार्चेन’ (गैर सांसद) – उद्योग पर्यटन वन तथा वातावरणमन्त्री

प्रदेश सरकारको औचित्यमाथि नै प्रश्न उठिरहेका बेला सबै सांसद मन्त्री बन्नुले सत्ता स्वार्थलाई छर्लङ्ग पारेको छ । तर, माओवादीको प्रदेश नेतृत्व भने समावेशी मन्त्रिपरिषद् बनाउनका लागि यो निर्णय लिइएको भन्दै बचाउ गर्छन् ।

समावेशीकै मुद्दालाई जोड दिइरहँदा नागरिक समाजका अगुवा भने पुरुषभन्दा महिलालाई नै मन्त्रीमा जोड दिनुपर्ने तर्क गर्छन् ।

मन्त्री बनेकाले अहिलेसम्म प्रदेशमा खास उपलब्धिमूलक काम गर्न सकेका छैनन् । तर भाग पुर्‍याउने नाममा मन्त्री फेरिने क्रम रोकिएको छैन । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा भइसकेका बेला मन्त्री फेरिनु फोटो टाँस्नकै लागि हो भन्नेमा कुनै शंका रहेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्