जनताले एमालेलाई नै मत दिन्छन्, ओलीले गरेका काम अनुमोदन हुन्छ : पोखरेल (भिडियो रिपोर्टसहित)
११ भदौ २०७९ काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धन विचार र सिद्धान्तका आधारमा नबनेकाले जनताले आगामी निर्वाचनमा एमालेलाई मत दिने बताउनुभएको छ ।
काठमाडौंको हाँडीगाउँमा रहेको सत्यनारायण मन्दिरको पुनःनिर्मित शत्तलको उद्घाटनपछि हिमालय टेलिभिजनसँग कुरा गर्दै पोखरेलले साढे ३ वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गरेका कामलाई पनि जनताले अनुमोदन गर्ने विश्वास गर्नुभयो ।
उहाँले गठबन्धन देश र जनताको हितमा भन्दा पनि गठबन्धन दलको स्वार्थ पूर्तिका लागि लागि परेको बताउनुभयो ।
बागमती प्रदेशका अर्थ तथा विकास समितिका सभापति नारायण सिलवालले यो आर्थिक वर्षमा सम्पदा संरक्षण र विकासका पर्याप्त बजेट विनियोजन भए पनि कार्यान्वयन हुनेमा भने शंका रहेको बताउनुभयो ।
कार्यक्रममा संस्कृतिविद्हरुले सम्पदाको संरक्षणबाट सरकारले आर्थिक लाभसमेत लिन सक्ने भएकाले यस्ता क्षेत्रमा लगानी गर्न सरकारले आनाकानी गर्न नहुने बताएका छन् ।
प्रतिक्रिया