Main News

नेपालको पर्यटनलाई ‘रि–ब्राण्डिङ’ गर्नुपर्छः पर्यटनमन्त्री श्रेष्ठ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ ११ गते १४:३१
नेपालको पर्यटनलाई ‘रि–ब्राण्डिङ’ गर्नुपर्छः पर्यटनमन्त्री श्रेष्ठ (भिडियो रिपोर्टसहित)

११ भदौ २०७९ काठमाडौं । कोरोना महामारीले थलिएको पर्यटन क्षेत्रको पुनरुत्थान र चलायमान बनाउने उद्देश्यले आज काठमाडौंमा सातै प्रदेशका पर्यटनमन्त्रीको सम्मेलन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा भएको सम्मेलनमा होटल, र्‍याफ्टिङ, होमस्टे, ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, पर्यटक यातायात सेवा, टुर गाइडलगायतको दर्ता, अनुमति, नवीकरण र नियमनमा सम्बन्धित प्रदेश सरकारबाट जारी भएका कानुन तथा मापदण्डबारे छलफल हुनेछ ।

सम्मेलनमा संविधानमा राखिएका पर्यटन क्षेत्र सम्बन्धित अधिकार, सङ्घीय संरचना र अन्तरसम्बन्ध, सङ्घ, प्रदेश र स्थानीय तहका जिम्मेवारी, चालु आर्थिक वर्षको बजेटले घोषणा गरेका नीति तथा कार्यक्रम, पुनरुत्थान कार्ययोजना, स्थानीय तहमा सञ्चालित पर्यटन पूर्वाधार साझेदारी कार्यक्रमलगायतमा पनि छलफल हुने पर्यटन मन्त्रालयले जनाएको छ ।

सम्मेलन उद्घाटनमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटनलाई ‘रि–ब्राण्डिङ’ गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको विकास गर्ने भन्दैमा कनिका छरेझैँ बजेट खर्च गर्न नहुनेमा जोड दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *