Main News

एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने

हिमालय टिभी
२०७९ भदौ ११ गते ९:१७
एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने

११ भदौ २०७९ काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने भएको छ ।

हिजोबाट पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको पूर्ण बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफल हुनेछ । नेता शेरबहादुर तामाङले अध्यक्ष ओलीले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरू ९ समूहमा विभाजन भएर छलफल भइरहेको र आज पनि निरन्तरता दिइने बताउनुभयो ।

हिजो शुरु भएको बैठकमा अध्यक्ष ओलीले पेश गर्नुभएको प्रतिवेदनमा राष्ट्रिय राजनीतिलाई गलत दिशामा जानबाट रोक्न र राष्ट्रहितको रक्षा, लोकतन्त्रको सुदृढीकरण, समृद्धिको अभियानको निरन्तरताका साथै जनतामा बढ्न थालेको नैराश्य र हताशालाई चिर्दै उज्जल भविष्यको आशावाद निर्माण गर्न पार्टीले निर्णायक भूमिका खेल्न जरुरी रहेको पनि उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *