राजनीति

पाँच दिनमा सिट बाँडफाँटको काम सकिन्छ : अध्यक्ष प्रचण्ड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ १० गते १४:१६
पाँच दिनमा सिट बाँडफाँटको काम सकिन्छ : अध्यक्ष प्रचण्ड (भिडियो रिपोर्टसहित)

१० भदौ २०७९ विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको पाँच दिनभित्र सत्ता गठबन्धनमा सिट बाँडफाँट टुंगिने दाबी गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा पत्रकारसँग माओवादी अध्यक्ष प्रचण्डले आज बेलुकासम्म कार्यदलले प्रतिवेदन बुझाउने र भदौ १५ भित्र सिट बाँडफाटका बिषय टुंगिने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले सिट बाँडफाँटमा सबै दल लचिलो, उदार र जिम्मेवार भएर अगाडि बढ्नु पर्ने अध्यक्ष प्रचण्डले बताउनु भयो । उहाँले नागरिकता विधेयक पनि चाँडै नै टुंगो लाग्ने बताउनुभयो ।

प्रचण्डले राष्ट्रिय सभाबाट पनि प्रकियाबाटै विधेयक पारित हुने र राष्ट्रपति विद्यादेवी भण्डारीले पनि प्रमाणीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले राष्ट्रपति भण्डारीले नेपाली सेनाका अधिकारीलाई भेट्नु स्वभाविक नभए पनि भेटले नै कुनै गम्भीर संकट ल्याउने सम्भावना भने आफुले नदेखेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्