Main News

आज दिउँसो लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना

हिमालय टिभी
२०७९ भदौ १० गते ९:२८
आज दिउँसो लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना

१० भदौ २०७९ काठमाडौं । आज दिउँसो लुम्बिनी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छ ।

मनसुनी न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ ।

बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशहरूका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *