Main News
निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध कुनै प्रमाण भए उपलब्ध गराउन आग्रह
२०७९ भदौ १० गते ८:५४

१० भदौ २०७९ काठमाडौं । प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध कुनै प्रमाण भए उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ ।
जबराविरुद्ध संसद् सचिवालयमा पेस भएको महाअभियोग ‘अध्ययन’ गरिरहेको समितिले आज सार्वजनिक सूचना जारी गर्दै महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित प्रमाण भए उपलब्ध गराउन भनेको हो ।
हिजो बसेको महाअभियोग सिफारिस समितिको बैठकले जबराविरुद्धको महाअभियोग आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन सरोकारवालालाई आग्रह गर्ने निर्णय गरेको थियो ।
समितिले राणाविरुद्धको महाअभियोग आरोपसँग सम्बन्धित कुनै प्रमाण, कागजात तथा जानकारी भए अबको ३ दिनसम्म उपलब्ध गराइदिन आग्रह गरेको छ ।
प्रतिक्रिया