Main News
सत्ता गठबन्धनको बैठक आज बस्दै
२०७९ भदौ ९ गते ७:३९

९ भदौ २०७९ काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज बस्दै छ ।
कार्यदलमा सिट बाँडफाँडको मोडालिटीमै सहमति जुट्न नसकिरहेका बेला शीर्ष नेता सम्मिलित गठबन्धनको बैठक बिहान ९ बजेका लागि बालुवाटारमा तय भएको हो ।
बैठकमा सिट बाँफाँटसहित समसामयिक विषयमा छलफल हुने छ ।
यसअघि हिजो बस्ने भनिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु चितवन गएकाले आजलाई सारिएको थियो ।
प्रतिक्रिया