Main News

५ सय ८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ ७ गते १७:५८
५ सय ८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत (भिडियो रिपोर्टसहित)

७ भदौ २०७९ काठमाडौं । सरकारले ५ सय ८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सहरी विकास मन्त्रालयमा ३ सय ८० र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा २ सय ४ गरी ५ सय ८४ जना अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।

सरकारले पूर्व मुख्यसचिव लिलामणि पौड्यालको नेतृत्वमा उच्चस्तरीय तलव सुविधा आयोग समेत गठन गरेको छ । राष्ट्र सेवक कर्मचारी र श्रमिकको न्यूनतम तलव, भत्ता, पारिश्रमिक एवम् सुविधा पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्ने कार्यादेशसहित उच्चस्तरीय आयोग गठन गर्ने निर्णय गरेको हो ।

सरकारले सहसचिव नारायणप्रसाद शर्मा दुवाडीलाई सचिवमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी फौजदारी कसुर दोस्रो संशोधन नियमावली २०७८, विद्युती सुशासन आयोग गठन तथा संचालन आदेश २०७९ स्वीकृत गरेको छ । बैठकले द्वन्द्वरत मुलुक मालीमा १ सय ४० जना सशष्त्र प्रहरी बल परिचालनका लागि पठाउने गृह मन्त्रालयको प्रस्ताव पनि स्विकृत गरेको छ ।

यसैगरी सरकारले विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान नपाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *