Main News

संघीय सरकारले अधिकार नदिएर प्रदेश निम्छरो बनाएको मुख्यमन्त्री राईको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ ७ गते १७:०७
संघीय सरकारले अधिकार नदिएर प्रदेश निम्छरो बनाएको मुख्यमन्त्री राईको आरोप (भिडियो रिपोर्टसहित)

७ भदौ २०७९ काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीय सरकारले अधिकार नदिएर प्रदेश सरकारलाई निम्छरो बनाएको आरोप लगाउनुभएको छ ।

संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले संघीय सरकारले अधिकार र बजेट संघमै केन्द्रित गरेर प्रदेश र स्थानीय सरकारलाई कामविहीन बनाएको बताउनुभएको हो ।

उहाँले संघीय सरकारको तुलनामा प्रदेश सरकारको योजना धेरै भएको दावी गर्दै प्रदेशमा आएर योजना अनुगमन गर्न चुनौतीसमेत दिनुभयो । बजेट र अधिकार दिएमा विकासको काम प्रदेशले गर्न सक्ने उहाँको तर्क छ ।

फरक प्रसंगमा मुख्यमन्त्री राईले प्रदेश नामकरण हुन नसक्नुको कारण एमाले भएको आरोप लगाउनुभयो । पहिचानको आधारमा प्रदेशको नामकरण गर्ने योजना बनाएर अहिले गर्न नसकेको भन्दै आलोचना गर्नुको कुनै तुक नरहने उहाँको भनाइ छ ।

कार्यान्वयनमा आएको छोटो समयमा नै संघीयता असफल भएको मूल्यांकन गर्न नमिल्ने मुख्यमन्त्री राईको टिप्पणी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *