महानगरपालिकाको कार्यालयमा फुटपाथ व्यापारीको नाराबाजी (भिडियो रिपोर्टसहित)

७ भदौ २०७९ काठमाडौं । फुटपाथमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले काठमाडौं महानगरपालिकाको कार्यालयमा नाराबाजी गरेका छन् ।
महानगरका फुटपाथलाई व्यवस्थित गर्ने भन्दै व्यवसायीलाई हटाइएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई भेटेर ज्ञापनपत्र बुझाउन खोजे पनि बेवास्ता गरेको उनीहरुको आरोप छ ।
स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको नाममा ज्ञापन पत्र बुझाउन गएका व्यवसायीले ३ बुँदे माग राखेका छन् ।
फुटपाथ व्यवसायीहरुले सडक किनारामा रोजगार गरिरहेका श्रमिकको अभिलेखीकरण गरी परिचयपत्र दिनुपर्ने, सडक स्वरोजगार श्रमिकलाई मापदण्ड बनाई व्यवस्थापन गर्नुपर्ने र प्रशासनकोतर्फबाट भएका अमानवीय व्यवहार बन्द गरी यसअघि सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।
आफ्ना माग पुरा नभए चर्को आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
प्रतिक्रिया