Main News

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, ६ सय ३४ जना संक्रमित थपिए

हिमालय टिभी
२०७९ भदौ ७ गते १६:३७
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, ६ सय ३४ जना संक्रमित थपिए

७ भदौ २०७९ काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप छ सय ३४ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा चार हजार नौ सय ४९ को नमूना परीक्षण गरिएको थियो । दुई हजार सात सय ५७ ले पिसिआर र दुई हजार एक सय ९२ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १६ हजार छ सय ५३ ले कोभिडविरुद्धको खोप लगाएका छन् । यही अवधिमा चार सय १७ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ७९ हजार सात ७४ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव चार प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार दुई सय २१ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ९४ पुगेको छ । होम आइसोलेसनमा चार हजार ४४, संस्थागत आइसोलेसन एक सय ७७, आइसियु ५२ र भेन्टिलेटरमा तीन जना सङ्क्रमित रहेका छन् ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेको छ भने दुई सयभन्दा बढी सङ्क्रमित रहेको जिल्लमा काभ्रेपलाञ्चोक रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, कालीकोट, हुम्ला, डोल्पा र मुग रहेका छन् ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार आठ सय ७९, ललितपुर छ सय ८८ र भक्तपुरमा ६१ सक्रिय सङक्रमित रहेका छन् । कूलमा सङ्क्रमणदर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *