Main News

आज देशभर आंशिकदेखि सामान्य बदली रहने

हिमालय टिभी
२०७९ भदौ ७ गते ९:४१
आज देशभर आंशिकदेखि सामान्य बदली रहने

७ भदौ २०७९ काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

महाशाखाले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै भू–भागहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।

आज राति भने मधेश प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

प्रदेश १ र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाले देशभर मौसम बदली रहने तथा मेघ गर्जन÷चट्याङ्गसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *