Main News
प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक बस्दै
२०७९ भदौ ७ गते ९:३७

७ भदौ २०७९ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिले आज आफ्नो कार्यविधिको बारेमा टुङ्गो लगाउने भएको छ ।
दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठकमा समितिको कार्यविधि र संयोजक छनोटका बारेमा छलफल हुने समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले बताउनुभयो ।
प्रतिनिधि सभामा दर्ता भएको जबराविरुद्धको महाअभियोगउपर अध्ययन गर्ने जिम्मेवारी समितिले साउन २२ मा पाएको थियो ।
गत फागुन १ मा ९८ जना प्रतिनिधिसभा सदस्यहरुले जबराविरुद्ध सङ्घीय संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।
प्रतिक्रिया