Main News

एक्सनमा उत्रियो महानगर, भत्कियो नक्साविपरीतका संरचना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ ६ गते १८:१८
एक्सनमा उत्रियो महानगर, भत्कियो नक्साविपरीतका संरचना (भिडियो रिपोर्टसहित)

६ भदौ २०७९ काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि नक्सा पास भएका व्यापारिक भवनको संरचना भत्काएको छ ।

नक्सामा अन्डरग्राउण्ड पार्किङ भएपनि त्यहाँ पसल सञ्चालन गरिरहेका बानेश्वर कम्प्लेक्सलगायतका क्षेत्रमा बनेका व्यापारिक भवनका पार्किङ खुलाउन मेसिन प्रयोग गरेर महानगर प्रहरीले संरचना भत्काएको हो ।

काठमाडौं महानगरपालिकाले भवनको नक्सा पास गर्दा राखेको अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन व्यापारीहरूलाई आग्रह गर्दै ३५ दिने सूचना जारी गरेको थियो ।

सूचना जारी भएको म्याद आज सकिएपछि नयाँ बानेश्वर क्षेत्रमा व्यापारिक भवनहरुको अन्डरग्राउण्ड पार्किङको अनुगमन गर्न मेयर बालेन्द्र साह आफैं खटिनुभएको थियो ।

नयाँ बानेश्वर क्षेत्रमा महानगरपालिकाबाट अन्डरग्राउण्ड पार्किङको अनुमति लिएर २२ वटा भवन निर्माण भएका छन् ।

अनुगमनका क्रममा प्रायः सबै भवनले अन्डरग्राउण्ड पार्किङ क्षेत्रलाई पसल सञ्चालनका लागि भाडामा दिएको पाइएको महानगरले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *