Main News

आर्थिक विवरण नबुझाउने पार्टीले चुनाव लड्न नपाउने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ ६ गते १७:११
आर्थिक विवरण नबुझाउने पार्टीले चुनाव लड्न नपाउने (भिडियो रिपोर्टसहित)

६ भदौ २०७९ काठमाडौं । निर्वाचन आयोगले वार्षिक आयव्यय विवरण नबुझाउने पार्टीलाई आगामी संघ र प्रदेशको निर्वाचनमा सहभागी नगराउने भएको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले वार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दललाई निर्वाचनमा सहभागि नगराइने बताउनु भयो ।

उहाँले दल दर्ताका लागि आवश्यक कागजातमध्ये राजनीतिक दलको वार्षिक आयव्यय विवरणको अडिट रिपोर्ट पनि अनिवार्य बुझाउनुपर्ने बताउनु भयो ।

निर्वाचन आयोगमा १ सय १६ वटा दल दर्ता रहेकामा आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन प्रयोजनका लागि भने ८४ वटा राजनीतिक दल मात्रै दर्ता भएका छन् ।

आयोगमा दर्ता भएका दलहरुले बुझाएको कागजातको अध्ययन भइरहेको र अध्ययन सकेर केही दिनमै निर्वाचनमा भाग लिन पाउने राजनीतिक दलहरुको सूची सार्वजनिक गरिने सहायक प्रवक्ता अर्यालले स्पष्ट पार्नुभयो ।

अर्यालले निर्वाचनलाई सहज बनाउनका लागि सम्बन्धित निर्देशिका तथा नियमावलीहरु संशोधन र परिमार्जन गरिरहेको पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *