राजनीति

वाम एकता आवश्यक रहेकोमा नेता खनालको जोड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ ६ गते १७:०५
वाम एकता आवश्यक रहेकोमा नेता खनालको जोड (भिडियो रिपोर्टसहित)

६ भदौ २०७९ काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता आवश्यक रहेको बताउनुभएको छ ।

समाजवादी प्रेस संगठन नेपालले आज गुल्मीमा आयोजना गरेको कार्यक्रममा नेता खनालले वामपन्थी एकताको आवश्यकता नेतृत्वले महशुस गर्नुपर्ने बताउनुभयो ।

जनताले दुई तिहाई मत दिए पनि वामपन्थी दलले त्यसको सही प्रयोग गर्न नसक्दा समस्या निम्तिएको तर्क गर्नुभयो । उहाँले वाम एकता अत्यावश्यक भए पनि तत्काल सम्भावना भने नरहेको बताउनुभयो ।

संविधान रक्षाका लागि गठबन्धनको सरकार निर्माण गरेको दोहोर्‍याउँदै नेता खनालले आगामी चुनावका लागि गठबन्धनमा सिट बाँडफाँटको कुनै समस्या नभएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्