देशभरका झन्डै १ लाखभन्दा बढी निजामती कर्मचारी आजबाट आन्दोलनमा

६ भदौ २०७९ काठमाडौं । आजबाट देशभरका कार्यालय सहयोगीदेखि अधिकृतस्तरका झन्डै १ लाखभन्दा बढी कर्मचारी आन्दोलन गर्न लागेका छन् ।
सरकारले कार्यालय सहयोगी, खरिदार, नायव सुब्बादेखि अधिकृत तहसम्मका कर्मचारीको हक अधिकारलाई सङ्कुचन गर्दै सङ्घीय निजामती सेवा ऐन जारी गर्न लागेको भन्दै त्यस विरूद्ध देशभरका कर्मचारी एकैपटक आन्दोलनमा उत्रन लागेका हुन् ।
उनीहरूले कर्मचारीमैत्री र सेवामैत्री हुनेगरी तीन वटै तहका लागि निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने, तीनै तहमा कार्यरत कर्मचारीलाई निजामतीको परिभाषामा समावेश गर्नुपर्ने तथा वृद्धि विकासको स्पष्ट र वैज्ञानिक व्यवस्था गर्नुपर्ने लगायत १० बुँदे मागपत्रसहित आन्दोलन गर्ने बताएका छन् ।
यसअघि उनीहरूले मुलुकको प्रमुख प्रशासकीय निकाय सिंहदरबारमा मागपत्र वितरण गरिसकेका छन् । सोही पत्रमार्फत कर्मचारीहरूले प्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, तथा सचिवको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
सब ईनलाई घर पठायर नया भरना गरन परछ करार मा जनता को सेबा गरन जानि राजाबनेर बसनि फेरि आनदोलन भटा भट जागिर चट पारुमत?
यि कामचोर अल्छी घुषिया कर्मचाारीहरुलाई छानी
छानी जागिरबाट निष्कासन गरी नयॅा भर्ना गरे हुन्छ काम राम्रोसग नगर्नी जहिले पनी सुविधा थप गरीपाउ भनी आन्दोलन गरी जनताको कामलाई प्रभाव पार्नी को कुनै आवस्यकता छैन।