Main News

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

हिमालय टिभी
२०७९ भदौ ६ गते ७:३५
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

६ भदौ २०७९ काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

हिजोका लागि तय गरिएको बैठक स्थगित गरेर आज डाकिएको हो । गिरिको निधनकै कारण हिजोको बैठक स्थगित गरिएको थियो ।

राष्ट्रियसभाको आजै बस्ने बैठकमा पनि प्रतिनिधिसभाका सदस्य गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठक दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *