Main News

समाजवादी चिन्तक गिरीको अन्त्येष्टि

२०७९ भदौ ५ गते १७:५१
समाजवादी चिन्तक गिरीको अन्त्येष्टि

५ भदौ २०७९ काठमाडौं । नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

हिजो राति निधन भएका गिरीको आज अपरान्ह पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो ।

सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद गिरिको अन्त्येष्टिमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाण, मन्त्रीहरु, सांसद र सर्वसाधारण सहभागि थिए । गिरीको पार्थिब शरीरमा छोरा सन्तोष र भतिजद्वय प्रन्ययन र सन्दर्भ गिरीले दागवत्ति दिएका थिए ।

यसअघि पार्टी मुख्यालय सानेपामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीको पार्थिब शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित कांग्रेसका शीर्ष नेताले पनि सानेपामै गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

विभिन्न दलका नेता(कार्यकर्ता, सामाजिक अगुवा, पेशाकर्मी र निजी क्षेत्रका प्रतिनिधिलगायतले पनि सानेपा पुगेर समाजवादी चिन्तक गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रतिनिधिसभा सदस्य समेत रहनुभएका ७५ वर्षीय गिरीको गएराति उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । घाँटीको क्यान्सरबाट पीडित गिरीलाई साउन दोस्रो साता मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *