Main News

श्रममन्त्रीले सुने वैदेशिक रोजगारीमा रहेका श्रमिकको गुनासो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ ५ गते १६:२६
श्रममन्त्रीले सुने वैदेशिक रोजगारीमा रहेका श्रमिकको गुनासो (भिडियो रिपोर्टसहित)

५ भदौ २०७९ काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर ६ जना श्रमिकहरुको गुनासो सुन्नुभएको छ ।

श्रममन्त्री कुँवरले आजदेखि प्रत्येक आइतबार प्रत्यक्ष रुपमा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको गुनासो सुन्ने कार्ययोजना अनुसार पहिलो दिन ६ जना श्रमिकको गुनासो सुन्नुभएको हो ।

उहाँले विदेशमा श्रम गर्न गएका श्रमिकको विदेशमै मृत्यु भएर ल्याउन नसकेको, मलेसिया तथा अन्य देशमा जान म्यानपावरहरुले लाखौं रकम लिएको लगायतका गुनासो प्रत्यक्ष रुपमा सुन्नुभयो ।

मन्त्री कुँवरले श्रमिकको गुनासो सुन्दै विदेश जाने श्रमिकलाई ठगी गर्नेविरूद्ध पीडितले प्रमाणसहित उजुरी गरे तत्काल कानून अनुसार कारबाही गर्ने बताउनुभयो ।

मन्त्री कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर काठमाडौंभन्दा बाहिर नगएको अवस्थामा निरन्तर रुपमा गुनासो सुन्ने बताउनु भयो ।

त्यस्तै,मन्त्रालयका सचिव एकनारायण अर्यालले मन्त्रालयको कल सेन्टरमा दैनिक स्वदेश तथा विदेशबाट २ सय वटा उजुरी आउने गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *