सांसद गिरीको निधनमा कांग्रेसद्वारा शोक व्यक्त
![सांसद गिरीको निधनमा कांग्रेसद्वारा शोक व्यक्त](https://www.himalayatv.com/wp-content/uploads/2019/07/nepali-congress-flag.jpg.jpeg)
५ भदौ २०७९ काठमाडौं । नेपाली कांग्रेसले पार्टी नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरि निधनमा शोक व्यक्त गरेको छ ।
पूर्व केन्द्रीय सदस्य ७५ वर्षीय गिरिको निधनमा कांग्रेसले विज्ञप्तीमार्फत दुस्ख व्यक्त गरेको छ । स्वर्गीय गिरिले पार्टीको संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पुर्याएको अतुलनीय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले गिरिको निधनप्रति शोक वक्तव्य जारी गर्दै दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका अर्पण गर्ने कार्यक्रम राखेको छ ।
स्वर्गीय गिरिको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ९ देखि ११ बजेसम्म ललितपुरको नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा र त्यसपछि साढे एघारदेखि दिउँसो २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने छ ।
नेता गिरिको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
प्रतिक्रिया