राजनीति

यसपटक राजनीतिमा अगाडि आउलान् त युवा ? (भिडियो रिपोर्टसहित)

२०७९ भदौ ४ गते २१:११
यसपटक राजनीतिमा अगाडि आउलान् त युवा ? (भिडियो रिपोर्टसहित)

४ भदौ २०७९ काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएलगत्तै राजनीतिक वृत्तमा होस् वा स्वतन्त्र रुपमै पनि युवाहरुको पक्षमा बोल्नेहरुको संख्या बढिरहेको छ ।

राजनीतिबाहिर रहेका धेरै युवा आगामी निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवार बन्न चाहिरहेको देखिन्छ भने पुराना राजनीतिक दलहरुले पनि यसपटक युवाहरुलाई अघि बढाउने भनिरहेका छन् तर वास्वतमै युवाहरु यसपटक राजनीतिमा अगाडी आउन सक्लान् ?

शुक्रबार काठमाडौंमा आयोजित नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) को दोस्रो राष्ट्रिय भेलाको उद्घाटन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा भएका हरेक युगान्तकारी परिर्वतनमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्नुभयो ।

हरेक परिवर्तनसँगै निर्वाचनमा पनि निर्णायक रुपमा युवाहरुकै भूमिका रहेको प्रचण्डको स्वीकारोक्ति छ । राजनीतिक परिवर्तनमा युवाहरुको भूमिका महत्वपूर्ण भएको प्रायः सबै दलका नेताहरुले स्वीकार्दै आएका छन् । तर जव युवाहरुलाई भूमिका र अवसर दिने समय आउँछ तब दलहरु पन्छिने गरेका छन् । उदाहरण माओवादी केन्द्र आफैं छ ।

पार्टीको स्थायी कमिटी र पदाधिकारीमा युवाहरुको उपस्थिति लगभग शून्य छ । प्रतिनिधिसभाको निर्वाचनमा पनि माओवादी केन्द्रले युवाहरुलाई प्राथमिकता दिने संकेत देखिएकौ छैन । यसपटकको निर्वाचनमा आकांक्षी देखिएका स्वतन्त्र र नयाँ दलमा पनि युवाहरुकै बाहुल्यता छ ।

पुरानो पुस्तालाई आराम दिनुपर्छ र युवाहरुले देश निर्माणको नेतृत्व लिनुपर्छ भन्ने जोडतोडका साथ उठिरहेको अवस्थामा पुराना र स्थापित दलहरुलाई पनि युवाहरुलाई नै उम्मेदवार बनाउनुपर्छ भन्ने दबाव छ । ठूला दलभित्रै पनि यस्तो आवाज त उठेको छ तर त्यो आवाज बुलन्द हुन सकेको देखिँदैन ।

नयाँलाई अवसर दिने विषय शीर्ष नेतृत्वको ओठेभक्ति मात्रै सावित हुने गरको छ । युवालाई प्रोत्साहन गर्दा आफ्नो भाग खोसिने चिन्तामा पुरानो पुस्ता देखिन्छ । उनै नेता निर्वाचनमा पटकपटक दोहोरिने र कामगर्ने शैली उही हुँदा आम मतदातामा निराशा र राजनीतिप्रति नै बितृष्णा उत्पन्न भएको छ ।

यस्तो अवस्थामा दलहरुले नै एक पटक युवालाई मौका दिएमा देश विकासले गति लिने थियो कि भन्ने आम अपेक्षा छ । आगामी निर्वाचनमा सबै दलले युवालाई प्राथमिका दिने हो मुलुकले कम्तीमा नयाँ सोच भएको चालक प्राप्त गर्न सक्छ भने नयाँ पुस्तामा देखिएको निराशा र राजनीतिप्रतिको वितृष्णा कम हुन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्