राजनीति

ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न माधव नेपालको निर्देशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ ४ गते १८:०९
ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न माधव नेपालको निर्देशन (भिडियो रिपोर्टसहित)

४ भदौ २०७९ काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिनु भएको छ ।

काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलामा बोल्दै अध्यक्ष नेपालले ओलीबारे सकारात्मक हुने खालको कुनै पनि प्रचार नगर्न पार्टी पंक्तिलाई सचेत गराउनु भएको हो ।

ओलीबारे पोजिटिभ हुने गरी प्रचार गरिए सैह्य नहुने उहाँको चेतावनी थियो । अध्यक्ष नेपालले आफूहरुलाई अपराधी घोषणा गर्ने, देशद्रोही भन्ने र अस्तित्वलाई समेत स्वीकार नगर्ने ओलीलाई मुखभरीको जवाफ दिन पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

उहाँले विचार मिल्ने, कुरा मिल्ने वामपन्थी दलहरुसँग एकतावद्ध भएर जाने प्रस्ताव आफ्नो पार्टीले अगाडी बढाइरहेको तर एमालेसँग मिल्ने कुनै सम्भावना नभएको स्पष्ट पार्नुभयो।

अध्यक्ष नेपालले पार्टी विभाजनका बेला गएका १० भाइहरुको एमालेमा बिजोग भइरहेको टिप्पणी पनि गर्नुभयो । एमालेमा बिजोग हुने अवस्था आउने देखेरै आफूहरुले बाध्य भएर नयाँ पार्टी गठन गर्नु परेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्