राजनीति
गठबन्धनले चुनाव जिते देश ३० वर्ष पछि फर्कन्छः एमाले सचिव रायमाझी (भिडियो रिपोर्टसहित)
२०७९ भदौ ४ गते १८:०४

४ भदौ २०७९ चितवन । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले पाँच दलीय गठबन्धन र एमालेबीच विकास र विनाशको लडाइँ भइरहेको बताउनु भएको छ ।
प्रेस चौतारी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा रायमाझीले गठबन्धन विनाशतर्फ गइरहेको बताउनु भएको हो ।
उहाँले अबको निर्वाचनमा लोभीपापीहरुको गठनबन्धनले जित्ने हो भने देश २५–३० वर्षसम्म पछाडि पर्ने स्थिति रहेको जिकिर गर्नुभयो।
कांग्रेस बाहेकका दलहरुले पटक पटक एमालेसँग आएर गठबन्धन गर्न ईच्छा जाहेर गरेको भन्दै उहाँले लक्ष्य, उद्देश्य, विचार राजनीतिलाई छोडेर अराजनीतिक तवरको गठबन्धन नहुने पनि दाबी गर्नुभयो ।
फरक प्रसंगमा एमाले सचिव रायमाझीले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेर यो ठिक छैन भन्ने सन्देश दिएको बताउनुभयो ।
प्रतिक्रिया