Main News

एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने ओलीको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ ४ गते १७:४८
एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने ओलीको दाबी (भिडियो रिपोर्टसहित)

४ भदौ २०७९ झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको बताउनु भएको छ ।

उहाँले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने बताउनुभयो । आज झापाको बिर्तामोडमा प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएशनको दोस्रो प्रदेशस्तरीय अधिवेशन उदघाटन गर्दै एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा पुगेको बताउनुभयो ।

परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरि पनि अहिले सरकारमा भएका दलहरूको सरकार बन्यो भने ओलीकै शब्दमा त्यो सरकारले मान्छे कुट्दै हिँड्ने उहाँले दाबी गर्नुभयो ।

झापाको बिर्तामोडमा भौतिक पूर्वाधार तयार भइसकेको इन्जिनियरिङ कलेज इन्जिनियरिङ कलेजहरूकै सिन्डिकेटका कारण सञ्चालन हुन नसकेको ओलीले बताउनुभयो । आफूले उक्त कलेज सञ्चालनका लागि जोडबल गरिरहेको र जतिसक्दो चाँडो सञ्चालनका लागि आफ्नो प्रयास जारी राख्ने उहाँले बताउनुभयो ।

विकास निर्माणमा इन्जिनियरहरूको योगदान अपरिहार्य रहेको र नेपालको विकासमा अझ गति दिन धेरै काम गर्नुपर्ने भएकाले त्यस्का लागि जतिसक्दो योगदान दिन इन्जिनियरहरूलाई ओलीले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *