राजनीति

नागरिकता विधेयक राष्ट्रिय सभाबाट पनि जस्ताको त्यस्तै पारित हुन्छ : मन्त्री कार्की (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ ४ गते १७:२०
नागरिकता विधेयक राष्ट्रिय सभाबाट पनि जस्ताको त्यस्तै पारित हुन्छ : मन्त्री कार्की (भिडियो रिपोर्टसहित)

४ भदौ २०७९ सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक राष्ट्रिय सभाबाट पनि जस्ताको त्यस्तै पारित हुने बताउनुभएको छ ।

सुनसरीमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले प्रतिनिधि सभाले पारित गरेको विधेयक राष्ट्रिय सभाबाट पनि जस्ताको तस्तै पारित हुने बताउनु भएको हो ।

दुवै सदनबाट पारित भएर राष्ट्रपतिसमक्ष पठाएको विधेयक यसपटक प्रमाणीकरण भएर आउने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री कार्कीले यो टकरावको बेला नभएकाले मुलुकलाई एकता, सद्भाव र आन्तरिक एकतालाई अझ मजबुत गरेर जानुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्