Main News

नागरिकको तहबाट हेर्दा प्रदेशको औचित्य छैनः महामन्त्री गगन थापा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ ४ गते १७:०४
नागरिकको तहबाट हेर्दा प्रदेशको औचित्य छैनः महामन्त्री गगन थापा (भिडियो रिपोर्टसहित)

४ भदौ २०७९ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको तहबाट हेर्दा प्रदेशको औचित्य नरहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रदेश सरकार सञ्चालनको प्रक्रिया असफल भएको दाबी गर्नुभयो ।

उहाँले प्रदेश सरकार सञ्चालन गर्ने प्रक्रियामा ५ वर्षसम्म संघीय सरकार र प्रदेश सरकार स्वयं पनि चुकेको बताउनुभयो । उहाँले संघीय सरकारले प्रदेश किन बनाएको र के का लागि भन्ने कुरा नबुझ्दा नागरिक तहबाट हेर्दा प्रदेशप्रतिको औचित्य नरहेको बताउनु भयो ।

उहाँले अबको ५ वर्ष प्रदेश सरकारका लागि अन्तिम परीक्षा भएकाले काम गर्न नसके प्रदेश सरकार रहन नसक्ने दाबी गर्नुभयो ।

अर्को प्रसंगमा महामन्त्री थापाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले ल्याएको दाबी गर्नुभयो ।

उहाँले माधवकुमार नेपालको पालाबाट क्रमशः झलनाथ खनाल, डा. बाबुराम भट्टराई र पुष्पकमल दाहाल प्रचण्ड हुँदै अहिले शेरबहादर देउवा नेतृत्वको सरकारमा सम्झौता स्वीकृत भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *