Main News

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, २ सय ९९ जना संक्रमित थपिए

हिमालय टिभी
२०७९ भदौ ४ गते १६:४३
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, २ सय ९९ जना संक्रमित थपिए

४ भदौ २०७९ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । थप २ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३ सय ३७ जनाको परीक्षणमा २ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो ।

एक हजार ६७० पीसीआर परीक्षणमा १८० जना र दुई हजार ६६७ एन्टिजेन परीक्षणमा ११९ जना संक्रमित फेला परेका हुन् ।

थप दुई जनाको मृत्यु भएपछि कोरोनाबाट हालसम्म ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९ सय ९२ पुगेको छ । पछिल्लो पटक ५ सय ७७ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमित चार हजार ६२५ जना छन् । अहिले ५३ जनाको आइसियू र ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *