राजनीति

माओवादीले टुंग्यायो २१ सदस्यीय पदाधिकारी, महासचिवमा देव गुरुङ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ ४ गते १६:४१
माओवादीले टुंग्यायो २१ सदस्यीय पदाधिकारी, महासचिवमा देव गुरुङ (भिडियो रिपोर्टसहित)

४ भदौ २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीले महासचिवमा देव गुरूङलाइ चयन गर्दै सबै पदाधिकारी टुंगो लगाएको छ ।

माओवादीले महाधिवेशन सकेको २ सय ३० दिनपछि बल्ल २१ सदस्यीय पदाधिकारी टुंग्गो लगाएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आज बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको प्रस्ताव बैठकमा गर्नुभएको थियो ।

बैठकले त्यसलाई अनुमोदन गरेपछि माओवादीले पदाधिकारी पायो । माओवादीको आठौं महाधिवेशन गत पुस ११ देखि १८ गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न भएको थियो ।

आज सम्पन्न स्थायी समितिले पार्टीको सर्वाधिक चासोका साथ हेरिएको महासचिवमा देव गुरुङ सर्वसम्मत हुनुभएको छ । उहाँ माओवादी केन्द्रमा चौथो वरियतामा हुनुहु्थ्यो । महासचिवका लागि वर्षमान पुन र जनार्दन शर्माका बीचमा तीव्र प्रतिस्पर्धा थियो ।

उहाँहरूले एकले अर्कोलाई नछाडेपछि प्रचण्डले मध्यमार्गी प्रस्तावका रुपमा गुरुङलाई महासचिवमा अगाडि सार्नुभएको हो । माओवादीले २१ जनाको पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, एक जना उपाध्यक्ष एक जना महासचिव, ७ जना उपमहासचिव, ९ जना सचिव र एक जना कोषाध्यक्ष बनाएको छ ।

जसअनुसार, अध्यक्षमा प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा यस अगाडि नै सर्वसम्मत भइसक्नुभएको थियो । महासचिवमा गुरुङ चयन भएपछि महासचिवका आकांक्षी नेताहरु उपमहासचिवमा थन्किएका छन् ।

उपमहासचिवमा गरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेत बन्नुभएको छ ।

त्यस्तै, सचिवहरुमा दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखेरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम शर्मा र राम कार्की हुनुहुन्छ । कोषाध्यक्ष श्रीराम ढकाललाई बनाइएको छ ।

१. अध्यक्ष : पुष्पकमल दाहाल’प्रचण्ड’
२. वरिष्ठ उपाध्यक्ष: नारायणकाजी श्रेष्ठ
३. उपाध्यक्ष: कृष्णबहादुर महरा
४. महासचिव: देवप्रसाद गुरुङ
५. उपमहासचिवहरु: गिरिराजमणि पोख्रेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुषाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृकाप्रसाद यादव
६. सचीवहरु: दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लीलामणि पोख्रेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्र कार्की
७. कोषाध्यक्ष: श्रीराम ढकाल ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्