राजनीति

आगामी चिर्वाचनमा बहुमत ल्याउने तयारीमा छौं : एमाले सचिव भट्टराई (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ ३ गते १८:२४
आगामी चिर्वाचनमा बहुमत ल्याउने तयारीमा छौं : एमाले सचिव भट्टराई (भिडियो रिपोर्टसहित)

३ भदौ २०७९ काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताउनु भएको छ ।

पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखसमेत रहनु भएका सचिव भट्टराईले संघ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी पार्टीले आगामी निर्वाचनको तयारी गरिरहेको बताउनु भएको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आगामी निर्वाचनका लागि आफ्नो पार्टीले जनताको आकांक्षा अनुरुपको घोषणा पत्र निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

त्यसका लागि पार्टीका सबै विभागहरुले विज्ञहरुसँग छलफल गरेर घोषणापत्रको मस्यौदा तयार पार्ने योजना अनुसार काम भइरहेको पनि सचिव भट्टराईले जानकारी दिनुभयो ।

सचिव भट्टराईले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले आगामी निर्वाचनका लागि बनाउन लागेको घोषणा पत्रको मस्यौदाका लागि आवश्यक सुझाव दिन पनि विज्ञहरुलाई आग्रह गर्नुभयो ।

एमालेले पार्टीका सबै विभागलाई यही भादौ १५ गतेभित्र चुनावी घोषणा पत्रका लागि मस्यौदा तयार पारी बुझाउन निर्देशन दिएको छ । सोही अनुसार सबै विभागहरुले आफ्नो कामलाई अघि बढाएको पनि सचिव भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्