राजनीति

पार्टीभित्र पद र प्रतिष्ठाका निम्ति प्रतिस्पर्धा बढ्न थालेको प्रचण्डको गुनासो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ ३ गते १७:५०
पार्टीभित्र पद र प्रतिष्ठाका निम्ति प्रतिस्पर्धा बढ्न थालेको प्रचण्डको गुनासो (भिडियो रिपोर्टसहित)

३ भदौ २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थायित्वका लागि सबै राजनीतिक दलले भूमिका खेल्नुपर्ने बताउनु भएको छ ।

काठमाडौंमा आयोजित योङ कम्युनिष्ट लिग वाइसीएल नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रलाई राजनीतिक स्थायित्व दिन सबै दलले आ–आफ्नो पूर्वाग्रह त्याग्नुपर्ने बताउनुभयो । उहाँले सुशासन स्थापना र देशको विकासका निम्ति पनि सबै दलको सामूहिक भूमिकाको आवश्यकतापर्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष प्रचण्डले पार्टीभित्र पद र प्रतिष्ठाका निम्ति प्रतिस्पर्धा बढ्न थालेको गुनासो गर्नुभयो । जनयुद्धका बेला मर्न जानका लागि पनि प्रतिस्पर्धा हुने गरेको स्मरण गर्दै प्रचण्डले अहिले पद, प्रतिष्ठा र सुविधाका लागि प्रतिस्पर्धा केन्द्रित हुने गरेको बताउनुभयो ।

यस्तै उहाँले फौजको रुपमा अगाडी बढ्न वाइसीएललाई निर्देशन दिनुभयो । समाजवादको यात्रामा पुग्ने यसअघिको प्रयास केही कारणले असफल भएको भन्दै प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने, समाजवाद निर्माण गर्नका लागि नयाँ शीराबाट पहल गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्