राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक आज हुबहु संसदमा पुनः पेश हुँदै

२ भदौ २०७९ काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक जस्ताको त्यस्तै पेश हुँदैछ ।
आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसदमा फिर्ता पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ जस्ताको त्यस्तै पारित गर्ने तयारी गरेको हो ।
प्रतिनिधि सभामा विधेयक पारित गर्नका लागि निर्णयार्थ प्रस्तुत गर्ने संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।
संसदले पठाएको विधेयक राष्ट्रपतिले १५ बुँदे सुझावसहित पुनर्विचारका लागि फिर्ता पठाउनु भएको थियो ।
यद्यपि संसद्ले उक्त विधेयक जस्ताको त्यस्तै प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउन सक्ने संवैधानिक प्रावधान छ ।
सत्ता गठबन्धनमा आबद्ध दलबीच विधेयक पुनर्विचारका लागि पठाए पनि जस्ताको तस्तै अघि बढाउने सहमति भएको थियो । बैठक बिहान ११ बजे बस्दै छ ।
प्रतिक्रिया