Main News

महाअभियोग सिफारिस समितिले शुरु गर्‍यो अध्ययन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ १ गते १९:१४
महाअभियोग सिफारिस समितिले शुरु गर्‍यो अध्ययन (भिडियो रिपोर्टसहित)

१ भदौ २०७९ काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि अध्ययन शुरु गरेको छ ।

समिति गठन भएको करिव ६ महिनापछि सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले अर्को बैठकमा कार्यविधि टुंगो लगाउने गरी मस्यौदामाथि छलफल गरेको हो ।

अर्को बैठकमा महाअभियोग प्रस्ताव टुंगो लगाउने गरी कार्यतालिकाको मस्यौदा तयार पारी समितिको बैठकमा पेश गर्ने अधिकार सचिवालयलाई दिने निर्णय गरेको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो ।

बैठकमा नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले १ महिना भित्र महाअभियोग प्रस्ताव टुंगो लगाउने गरी कार्यविधि र कार्यतालिका तय गर्नुपर्ने बताउनु भयो । उहाँले प्रतिनिधिसभाको आयु धेरै नभएकाले महाभियोग टुंगो लगाउने समय धेरै राख्न नहुने तर्क समेत गर्नु भयो ।

नेपाली काँग्रेसका सांसद मीन विश्वकर्माले ३ महिना भित्र सक्ने गरी महाअभियोग प्रस्ताव टुंगोमा पुर्‍याउने गरी काम अघि बढाउन उपयुक्त हुने धारणा राख्नु भयो । उहाँले सिंगो संसदले दिएको जिम्मेवारी पूरा गर्न समितिका सबै सदस्य गम्भिर भएर लाग्नुपर्ने बताउनु भयो ।

समितिका अन्य सदस्यहरुले महाअभियोग प्रस्ताव टुंगो लगाउने काममा ढिलाई गर्न नहुने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *