Main News

दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

हिमालय टिभी
२०७९ भदौ १ गते १७:३३
दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

१ भदौ २०७९ दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । घटनामा चार जना घाइते भएका छन् ।

जिल्लाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा से१ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीप गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको थियो। प्रहरीको टोली भरखरै दुर्घटनास्थल पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार जीज सडकबाट करिब २५० मिटर तल खसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *