राजनीति

माओवादी केन्द्रले पदाधिकारीको टुंगो भोलि लगाउने

हिमालय टिभी
२०७९ भदौ १ गते १६:४८
माओवादी केन्द्रले पदाधिकारीको टुंगो भोलि लगाउने

१ भदौ २०७९ काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टी पदाधिकारीको बिहीवार टुंगो लगाउने भएको छ ।

आज पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीका विषयमा छलफल भएको र बिहीवार बस्ने बैठकले टुंगो लगाउने भएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आजको बैठक संगठनसम्बन्धी एजेण्डामा केन्द्रित भएको बताउनुभयो ।

उहाँले केन्द्रीय कमिटीपछि स्थायी कमिटीले टुंगो लगाउनुपर्ने कुरा र केन्द्रीय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्यूरोमा थप्नुपर्ने सदस्य र पदाधिकारीका बारेमा छलफल शुरु भएको बताउनुभयो ।

प्रवक्ता महराले आजको बैठकबाट पदाधिकारीसम्बन्ध्ी विषय करिवकरिव टुंगोमा पुगेको र बिहीबार बस्ने स्थायी कमिटीको बैठकले पार्टीमा सबै पदाधिकारीको टुंगो लगाउने बताउनुभयो ।

प्रवक्ता महराले पार्टीको स्थायी कमिटीको बैठक बिहीबार ८ बस्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्