उपत्यकामा आजदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा प्रतिबन्ध

१ भदौ २०७९ काठमाडौं । आजदेखि काठमाडौं उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा प्रतिबन्ध लागेको छ ।
सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा रोक लगाएको छ ।
वातावरणीय संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्ण प्लाष्टिक झोला प्रतिबन्धको नीति आजदेखि थप कडाईका साथ लागू गर्ने वातावरण विभागले जनाएको छ। यसका लागि आजैदेखि अनुगमन टोली खटिनेछन् ।
पहिलो चरणमा झोला उत्पादन गर्ने कम्पनीमा अनुगमन हुनेछ । त्यसपछि धेरै प्रयोग हुने क्षेत्रमा अनुगमन गर्ने र अनुगमनको क्रममा नियम पालना नगरेको पाइए कारबाही हुने वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले बताउनु भएको छ ।
काठमाडौंमा पहिलो पटक २०७२ सालको वैशाख १ गतेदेखि लागू हुनेगरी यस्ता प्लाष्टिकमा प्रतिबन्ध लगाइएपनि भूकम्पपछि कार्यान्वयन हुन सकेको थिएज ।
त्यसपछि २०७८ माघ १७ गते पुनः यसलाई लागू गरे पनि कोरोना संक्रमणका कारण अनुगमन नहुँदा कार्यान्वयनमा समस्या भएको थियो ।
प्रतिक्रिया