Main News
सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै, आज सार्वजनिक बिदा
२०७९ भदौ १ गते ९:०८
१ भदौ २०७९ धनगढी । सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदैछ ।
यो पर्वमा घरमा नयाँ परिकार पकाएर आपसमा खुसी साटासाट गरिन्छ । ठूलाबडा तथा मान्यजनलाई सम्मान स्वरुप हरियो साग, फलफूल तथा भान्छामा पाकेको मिठो परिकार दिने परम्परा छ ।
विपदबाट जोगिएको खुशियालीमा मनाइने ओल्के पर्वमा मान्यजनलाई अन्न, दूध, दही, घ्यू, पनि दिने गरिन्छ । सुदूरपश्चिममा ‘मरुला भनेर बिशु खानु, बाँचे भने ओल्के खानु’ भन्ने भनाइ पनि प्रचलित छ ।
आजका दिन विवाहित छोरी–चेलीलाई माइती घरमा बोलाई उनीहरुलाई मन पर्ने खानेकुरा खुवाउने र गक्षअनुसारको दान दक्षिणा दिने चलन छ ।
साथै देउडा र पिङ खेलेर रमाइलो पनि गरिन्छ । पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ ।
प्रतिक्रिया