Main News

आजदेखि दल दर्ताका लागि पेस भएका निवेदनबारे आयोगले जाँचबुझ गर्ने

हिमालय टिभी
२०७९ भदौ १ गते ८:५३
आजदेखि दल दर्ताका लागि पेस भएका निवेदनबारे आयोगले जाँचबुझ गर्ने

१ भदौ २०७९ काठमाडौं । निर्वाचन आयोगले आजदेखि दल दर्ताका लागि पेस भएका निवेदनबारे जाँचबुझ गर्ने भएको छ ।

आउँदो मंसिर ४ गतेका लागि तोकिएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन चाहने दललाई निर्वाचन आयोगले दर्ताको निवेदन दिन हिजोसम्मको समय दिएको थियो ।

आजदेखि भने दलको निवेदनमा आयोगले जाँचबुझ गर्न लागेको निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो अबेरसम्ममा ८४ वटा दलले दर्ताका लागि निवेदन दिएका छन् ।

अब दलहरूले बुझाएका कागजात अध्ययन गरेर दलहरूलाई दर्ताका लागि आयोगमा पेस गर्ने काम शुरु हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *