Main News

झडपका बिच काठमाडौंको फोहर बञ्चरे डाँँडामा विसर्जन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन ३१ गते २१:२७
झडपका बिच काठमाडौंको फोहर बञ्चरे डाँँडामा विसर्जन (भिडियो रिपोर्टसहित)

३१ साउन २०७९ काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बोकेर गएको गाडीलाई अवरुद्ध गरेपछि बञ्चरेडाँँडामा दिनभर तनावग्रस्त रह्यो ।

स्थानीयले गाडीलाई अवरोध गरेपछि प्रहरीले ५ राउण्ड हवाइफायर र केही सेल अश्रुग्याँस प्रहार गर्‍यो ।

काठमाडौंको दुःख फोहर व्यवस्थापन बनेको छ । लामो समयसम्म फोहर व्यवस्थापन गर्न सकसमा परेको काठमाडौं दुर्गन्धित बन्नु नौलो हुनै छाड्यो । मंगलबार बल प्रयोग गर्दै बञ्चरेडाँडामा फोहर व्यवस्थापनको प्रयास भयो तर, झडप र हवाइफायरको दुखदायी घटनारहित हुन सकेन ।

बञ्चरेडाँडा नजिक धादिङको कुडुलेमा प्रहरी र स्थानीयबीच दिनभर हानाहानको अवस्था आयो । प्रहरीले बल प्रयोग गर्दै अश्रु ग्यास मात्र होइन, पाँच राउण्ड हवाइफायर गर्‍यो । तर, पनि स्थिति नियन्त्रणमा आउन सकेन ।

स्थानीयको अवरोध कायमै रहँदा फोहर बोकेका गाडी लामवद्ध भए । प्रहरीको बल प्रयोगपछि अवरोधकर्ताहरु तितरवितर भए । यही मौका छोपेर केही गाडी फोहर फालियो । पुनः झडपको अवस्था निम्तियो, केही स्थानीय घाइते पनि भए ।

बञ्चरेडाँडामा प्रहरीले मकैबारी र धानखेतमा रहेका आन्दोलनकारीलाई लखेटेपछि डाँडामा रहेका स्थानीयले ढुंगा लडाएका थिए । सो क्षेत्रमा नुवाकोट र काठमाडौंका प्रहरी खटाइएको थियो ।

पछिल्लो समय फोहर व्यवस्थापनमा बञ्चरेडाँडामा तनाव चलिरहेको छ । स्थानीयहरुले फोहर फाल्न नदिने चेतावनी दिँदै आएका छन् । तर, बल प्रयोग गरेरै भएपनि सरकार फोहर फाल्ने मनस्थितिमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *