Main News

नेसपा गठबन्धनकै अंग होः डा. बाबुराम भट्टराई

हिमालय टिभी
२०७९ साउन ३१ गते १८:५३
नेसपा गठबन्धनकै अंग होः डा. बाबुराम भट्टराई

३१ साउन २०७९ काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य चुनावका लागि मात्रै भएको बताउनुभएको छ ।

आज नेकपा (माओवादी केन्द्र) को केन्द्रीय पार्टी कार्यालय पेरिस डाँडामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि यस्तो प्रतिक्रिया दिनु भएको हो । उहाँले नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर प्रतिष्पर्धा गर्ने बताउनु भयो ।

उहाँले पार्टीको लक्ष्य नेपालमा अग्रगामी परिवर्तनको एजेण्डा बाँकी रहेको र त्यसलाई पूरा गर्नका निम्ति एक्लाएक्लै चुनावमा प्रतिष्पर्धा गर्ने स्थिति नरहेको उल्लेख गर्नुभयो । उहाँले मिलेर र नयाँ आधारमा एकतावद्ध भएर जानु नै अहिलेको आवश्यकता भएको बताउनुभयो ।

उहाँले आगामी दिनमा वृहत अग्रगामी शक्तिहरूको धुव्रीकरण गरेर देशलाई विकास, सुशासन, समृद्धिको दिशामा लिएर जाने पार्टीको लक्ष्य रहेको बताउनु भयो ।

अध्यक्ष भट्टराईले नेपाल समाजवादी पार्टी पनि गठबन्धनकै अंग भएको दाबी गर्नुभयो । गठबन्धनमा भएको सहमतिकै आधारमा आगामी प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सहभागी हुने बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *